सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान


न्युज कारखाना

काठमाडौं, २६ फागुन

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन प्रस्थान गरेका छन् ।

आज साँझ ७ बजे फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै टोली मानमा प्रस्थान गर्ने छ । प्रतिनिधिमण्डलमा सांसदहरु रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्इ ईन्दु कडरिया, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश र संघीय सचिवालयका शाखा अधिकृत राजन घिमिरे सहभागी छन् ।

सभामुख घिमिरेले ‘प्रोमोटिङ पिशफुल कोएक्जिस्टेन्स एण्ड इन्क्लुसिभ सोसाइटीजः फाइटिङ इन्टोलेरेन्स’ विषयको जेनरल डिबेटमा संसदको तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको संद्धीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले विप्तिमार्फत जानकारी दिएका छन् ।

टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिनेछ । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope