पहिलो कारोबारमै घट्यो कालिन्चोक दर्शनको मूल्य


काठमाडौं, ९ चैत  । बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।

कालिन्चोक दर्शन लिमिटेडको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो। कारोबारको आधारमा पहिलो दिनमै कालिन्चोकको मूल्य घटेको छ । उक्त कम्पनीको छैटाैँ स्थानमा आएको र जम्मा ३.९४ प्रतिशतले यसको मूल्य बढेको हो । 

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा नेप्सेले तोकेको हो । सेयर बजार बन्द भए लगतै ५.३० अंकले बढेर १३९.७० विन्दुमा अडिएको छ ।

नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । नेप्सेमा यस कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope