चितवन-२ मा एमालेले गर्यो उम्मेदवार सिफारिस


चितवन, १७ चैत

वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ मा नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउन माथिल्लो कमिटीलाई सिफारिस गरेको हो । 

क्षेत्रीय समिति र जिल्ला समितिले न्यौपानेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला पूर्वअध्यक्ष तथा चितवन-२ का पूर्वसांसद कृष्णभक्त पोखरेले जानकारी दिए ।

गत मंसिर ४ मा भएको निर्वाचनमा अत्यधिक मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादमा परेर अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope