नेविसंघ अध्यक्ष दुजाङ शर्पाको राजीनामा माग


काठमाडौं, १८ चैत

अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।
 
म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत्त संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेको हो । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।
 
उनीहरूले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठि खारेज हुनुपर्ने, १२औं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेड अनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगए । उनले विधिविधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक बर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नुभएको थियो भने स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयअवधि भित्रपनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope