‘र्‍यापिड एक्शन फोर्स’को शैलीमा मिटरब्याजीमाथि कार्वाही गरिनेछ : प्रधानमन्त्री


काठमाडाैं, १८ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरूको समस्यालाई स्थायीरूपमा हल गर्न सरकारले काम अघि बढाएको बताएका छन् ।

 

शनिबार बिहान मिटरब्याज पीडितहरूसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सामन्तवादको अवशेषका रूपमा रहेको मीटरब्याजलाई सधैंका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताएका हुन ।  यसको दीर्घकालिन समाधानका लागि विद्यमान कानुन अपर्याप्त भएको भन्दै उहाँले कानुन निर्माणको काम अन्तिम चरणमा पुगेकोसमेत बताएका छन् । 

 

साथै पीडितहरूका समस्या समाधान गर्न न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठनको प्रक्रियासमेत अघि बढेको उनले बताए । “मिटरब्याजी समस्यालाई लिएर मन्त्रीपरिषद बैठकबाट नै एउटा उच्चस्तरीय आयोग बनाई तत्काल फिल्डमा गएर कारबाही गर्नसक्ने, न्यायिक अधिकारसमेत प्रयोग गर्नसक्ने आयोग बनाइनेछ । त्यो प्रक्रिया अघि बढिसकेको छ,'  उनले भने, 'यसअघि जस्तो आयोग बन्ने, प्रतिवेदन बुझाउने र त्यो थन्किने जस्तो होइन, यो आयोग र्‍यापिड एक्शन फोर्स जस्तो गरेर जाओस्, त्यसले मान्छेलाई बोलाउने, पूर्जी काट्ने र कारवाही गर्ने खालको होस् भनेर निर्देशन दिएको छु।' मीटरब्याज पीडितहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतमा रहेको बेला समेत मिटरब्याजीहरू माथि कार्वाहीका लागि पहल गरेको बताएका छन्

 

‘म नेकपाको अध्यक्ष हुँदा मिटरब्याज पीडितको समस्या बिस्तृतमा सुनेको थिएँ । सुरक्षाका तीनवटै सुरक्षा अङ्ग र गृहमन्त्रीलाई बोलाएर मिटरब्जाजीको समस्या तुरुन्तै समाधान गर्न आग्रह पनि गरेको थिएँ । केही मान्छे त समातिए । त्यो बेला मिटरब्याजीहरू भागाभाग पनि भए । तर यसको तर दीगो समाधान भने भएन । त्यो बेला अकै प्रधानमन्त्री हुनुहुन्थ्यो । यो पटक म प्रधामन्त्री छु । यसको दिगो समाधानमा मेरो ध्यान छ ।’

 

अहिले पनि यो समस्या पूर्णरूपमा समाधान गर्न नसके समस्याले गम्भीर रूप लिने उनकाे भनाइ छ । 'मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरूमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ ।” प्रधानमन्त्रीले अगाडी भने, 'अहिले पनि यो समस्या समाधान नभए मलाई डर लागेको छ, यो कहिल्यै समाधान हुन्न त्यसैले यो समस्याको दिर्घकालीन समाधान अहिल्यै गर्नुपर्छ ।’

 

मिटरब्याज पीडितहरूले मार्च गर्दै राजधानी आएकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिएका छन् । “तपाईहरू यसरी पैदल हिँडेर काठमाडौं आउनुभयो । तपाईहरूको समस्या राष्ट्रिय रूपमा सुनियो । अहिले पनि हाम्रो समाजमा यस्तो शोषण बाँकी नै छ भन्ने कुरा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा समेत सबैले थाहा पाए । तपाईहरूलाई धन्यवाद छ ।' उनले भने, 'मैले जिल्लाबाट हिँडेदेखि नै तपाईहरूको बारेमा जानकारी लिइरहेको छु । तपाईहरूलाई कहिँ कतै अप्ठ्यारो नपर्न दिन गृहलाई निर्देशन पनि दिएको छु ।” अहिले आफ्नै वर्ग र जनतासँग कुराकानी गरिरहेको अनुभूति भइरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफूले आश्वासन मात्रै नदिइरहेकोमा जोड दिएका छन्।

 

'मलाई तपाईहरूसँग कुरा गर्दा आफ्नै वर्गसँग कुराकानी गरिरहेको अनुभूति भइरहेको छ । मैले आश्वासन मात्रै दिइरहेको छैन । यो समस्या हल हुन्छ । तपाईहरू आश्वस्त भएर मात्र घर फर्किनुहोला ।' प्रधानमन्त्रीसँग भेटका क्रममा पीडितहरूले उच्चस्तरीय आयोग गठन, कानुन निर्माण तथा पक्राउ पूर्जी जारी भएका र घरबार जफत भएका पीडितमाथि न्याय गर्न माग गरेका थिए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope