गोर्खा वेल्फेयरको सहयोगमा लम्जुज्ञङकाे दाेर्दीमा एक घर एक धारा निमार्ण हुने


न्युज कारखाना,  लमजुङ १९ चैत ।  दोर्दी गाउँपालिका वडा नं. ६ हरिगाउँमा खानेपानी आयोजना निमार्ण हुने भएको छ । 

 

सो क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सयहेगमा एक घर, एक धार खानेपानी आयोजना निर्माण गरिने भएको हो ।

 

आयोजना निमार्णका लागि स्थानीयको उपस्थितीमा गोर्खा वेल्यफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समितविच त्रिपक्षिय सम्झौता भएको छ ।

 

गाउँपालिका अध्यक्ष युवराज अधिकारी र ट्रष्टका पोजेक्ट म्यानेजर वेलवहादुर  गुरुङको उपस्थितीमा हरिगाउँ खानेपानी आयोजना २०८० असार १४ गते सम्म सम्पन्न गर्ने गरि सम्झौता भएको पालिका अध्यक्ष अधिकारीका स्वकिय सचिव हरि घिमिरले जानकारी दिए । 

 

आयोजना निमार्णको कुल लागत ३९ लाख ३१ हजार ८ सय ११ रुपैया ६७ पैसा रहेको छ । जममा गोर्खा वेल्फेयर ट्रष्टको ७५.९० प्रतिशत अर्थात् २९ लाख ८४ हजार १ सय ८२ रुपैया ४८ पैसा, उपभोक्ताको २४.१० प्रतिशत अर्थात ९ लाख ४७ हजार ६ सय २९ रुपैया २० पैसा लगानी रहनेछ । आयोजना निमार्णका लागि उपभोक्ता समितको लागत मध्ये १४ प्रतिशत बजेट गाउँपालिकाले व्यहोर्ने पालिका अध्यक्ष युवराज अधिकारीले वताए । बाँकी १० प्रतिशत भने उपभोक्ताको श्रमदान हुनेछ । 

 

आयोजना निमार्ण प्रक्रिया आगामी बैशाख २ गतेबाट सुरु गरिनेछ । आयोजना अन्तर्गत   गाउँका ४३ घरदुरीमा शुद्ध खानेपानीका लागि निमार्ण गरिने एक घर एकघाराबाट हाल गाउँमा रहेका २ सय ३४ जनसंख्या लाभान्वित हुनेछन् । हालको मापन अनुसार उक्त गाउँमा प्रतिदिन ३४ हजार ५ सय ६० लिटर पानी आवश्यक पर्ने र सोही आवश्यकतालाई मध्यनजर गरी पानीको श्रोत पहिचान गरी आयोजना निमार्ण गरिने गोर्खा वेल्फेयर ट्रष्टका वेलवहादुर  गुरुङले बताए। 

 

हरिगाउँका वासिन्दाले हाल पुराना सार्वजनिक धारामार्फत खानेपानीको उपभोग गर्दै आएका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय अव एक घर एक धारा वन्ने भएपछि आँगनकै धाराबाट नियमित खानेपानीको सुविधा पाउनेमा विश्वस्त छन् । 

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा दोर्दी गाउँपालिकाकै वडा नंं ४ र ८ दुई वटा खानेपानी आयोजना निमार्ण सम्पन्न भइैसकेको छ भने पालिकाको अन्य वडामा एक घर एक धारा आयोजना निमार्ण गरिने ट्रष्टले जनाएको छ । 

नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लमजुङको दोर्दी सहित देशभर विभिन्न १४ पालिकामा गोर्खा वेल्फेयरले उपझोक्ताको साझेदारी एक घर एक धारा खानेपानी अयोजना निमार्ण गरिरहेको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope