अवैध सालको काठसहित दुई जना पक्राउ
लमजुङ, १० वैशाख
प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मध्यनेपाल नपा–१ का २६ वर्षीय सन्दिप घर्ती र रौतहटको गरुडा नपा– ७ का २६ बर्षिय कामेश्वर पटेल रहेका छन् ।
प्रहरीले अवैध काठ ओसारपोसार हुँदैछ भन्ने सूचनाको आधारमा शनिबार दिउँसो साढे ३ बजे उनीहरूलाई मध्यनेपाल नपा–१ जिताबाट पक्राउ गरेको हो । प्रहरी चौकी सोतीपसल र कुन्छाबाट खटिएको संयुक्त टोलीले ग १ त ५८४७ नम्वरको ट्याक्टर चेकजाँचका क्रममा अवैध काठ ओसारपसार गरेको फेला पारेको हो ।
२ लाख ८० हजार रुपैयाँ बराबरको सालको चिरान काठ ५३ क्यूफिट फेलापारी बरामद गरिएको लमजुङका प्रहरी प्रमुख डीएसपी प्रकाश श्रीमलले बताए । उनका अनुसार पक्राउ परेको अवैध काठसहित दुवै जनालाई आवश्यक कारबाही र अनुसन्धानका लागी डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस