लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउन धितोपत्र बोर्डबाट पायो अनुमति
काठमाडौं, ११ वैशाख । धितोपत्र बोर्डबाट लुम्बिनी विकास बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।
बैंकले बोर्डबाट १ हजार रुपैयाँ प्रतिइकाई दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो । जसमध्ये सर्वसाधारणका लागि ४ लाख इकाई खुला हुनेछ । बाँकी रहेको ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ। बैंकले १० वर्ष अवधिको ‘एलबीबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस