सुनचाँदीको मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार
काठमाडौं, ११ वैशाख । सोमबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि आइतबार तोलामा ९०० रुपैयाँ घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला २०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार १०० रुपैयाँकायम गरिएको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस