ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाइँदै
काठमाडौं, १२ वैशाख । सरकारले सवारी चालक अनुमतिपत्र पाँच् वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था हटाउने भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ड्राइभिङ लाइसेन्स पाँच वर्षमा नवीकरण गर्ने प्रावधानलाई बढाएर १० वर्षमा गर्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।
नवीकरण पाँच वर्षमा छिटो हुने भएकोले यसलाई १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएको मन्त्री ज्वालाले बताए । यसले नयाँ स्मार्ट कार्ड छाप्नका लागि समेत चाप कम हुने मन्त्री ज्वालाको अपेक्षा छ ।
Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस