भारतीय बिदेशमन्त्रीकाे पाकिस्तानी समकक्षीवारे टिप्पणी, ‘आतंकबादीका प्रवक्ता’


नयाँ दिल्ली, २३ बैशाख । भारतीय विदेश मन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्ष बिलावल भुट्टो जरदारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ भनेका छन्। 

 

बिदेशमन्त्री जयशंकरको यो भनाइ गोवामा आयोजित सांघाई सहयोग संगठन (एससीओ) सदस्य देशका विदेश मन्त्रीहरूको बैठकपछि आएको हो।

 

एस जयशंकरले भने, ‘भुट्टो जरदारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले यो भन्दा बढि केही देख्दैनौं ।’ 

 

आतंकवादसँग सामूहिक रूपमा सामना गर्ने पाकिस्तानी बिदेश मन्त्री जर्दारीको आह्वानमा बिदेशमन्त्री एस जयशंकरले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेको छन, उनीहरु पीडकहरूसँग बस्दैनन्।’ उनले जम्मु कश्मीर भारतको हिस्सा थियो, छ र सधैं रहनेसमेत बताएका छन् ।

 

पाकिस्तानी बिदेश मन्त्री जर्दारी गोवामा आयोजित सो सम्मेलनमा भाग लिनका लागि भारत आएका थिए । सन २०१४ पछि भारतमा पाकिस्तानकातर्फवाट यो नै उच्चस्तरीय भ्रमण हो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope