भारत भ्रमणमा गएका प्रधानमन्त्रीले गलत सहमति गर्नसक्ने : नेता पोखरेल


मुकेश कुमार यादब/सिरहा, १८ जेठ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खवरदारी गर्नुपर्ने जनाएका छन् ।

 

नेकपा एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरित सम्झौता गरे पार्टी चुप लागेर नबस्नेसमेत बताएका छन् ।

 

एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरित कुनैपनि सहमति सम्झौता मान्य नहुने उनकाे भनाई थियाेर । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत र व्यवस्थित पार्टी वनाउन कार्यकर्ताहरुलाई आव्हानसमेत गरेका छन् । 

साेही अवसरमा नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव र जनता समावादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंह सहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन्।

 

गोलबजार नगरपालिकामा भने आज पार्टी प्रवेश कार्यक्रममा धेरैजसोले गएको प्रदेश तथा प्रतिनिधीसभाकै निर्वाचनको वेला पार्टी प्रवेश गरेकाहरुको लर्को रहेको देखिएको बताए। नेकपा एमालेकै एक कार्यकर्ताले भने, ‘पार्टी प्रवेश भनेपनि गत प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचनकै क्रममा पार्टीमा आएकाहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यजस्तो भयो।’

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लाका निर्वाचित नगरपालिकाका मेयर तथा अध्यक्षहरु र पार्टीका नेताहरुको उपस्थिति रहेको थियो।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope