सूर्यविनायक नगरपालिकाभित्र शिक्षामा गुणस्तर अभियान सुरु


भक्तपुर, १९ जेठ

भक्तपुरको सूर्यविनायक नगरपालिकाले शिक्षामा गुणस्तर अभियान थालेको छ । नगरपालिकाकी उपप्रमुख सरीता भटराईले यसबारे जानकारी गराएकी हुन् । 

सूर्यविनायक नगरपालिका, काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुर र खवर एजुकेशन मिडियाको संयुक्त आयोजनामा शुक्रबार भक्तपुरमा भएको प्रधानाध्यापकसँंगको कार्यशालाको उदघाटन गर्दै नगर उपप्रमुख भटराईले यस अनुसार बिभिन्न कार्यहरु हुँदै आएको जानकारी दिइन् ।

'पहिलो पटक हामीले सरकारी स्कुलको अध्यक्ष जनप्रतिनिधि नै बनाउनुपर्ने नियम बनायौं', उनले भनिन्, 'दोश्रो पटक सरकारी स्कुलका प्रधानाध्यापकहरु खुल्ला परीक्षाबाट नियुक्त गर्ने गरी देशमै पहिलो पटक नमूना काम थाल्यौं ।'

कार्यक्रममा तीनजना शिक्षा विशेषज्ञ तीन वटा कार्यपत्र प्रस्तुत गरेका थिए । राष्टिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यालय व्यवस्थापनका विविध पक्षहरू, शिक्षाविद् प्रा. डा. रमेशप्रसाद अवस्थीले स्तरीकृत परीक्षा र प्रश्ननिर्माण र काठमाडौ वल्र्ड स्कुलका प्राचार्य केशरबहादुर खुलालले शिक्षण सिकाई विधि विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा काठमाडौं वल्र्ड स्कुल रहेको सूर्यविनायक नगरपालिका-७ का वडा अध्यक्ष रवीन्द्र सापकोटा, काठमाडौं वल्र्ड स्कुलका अध्यक्ष इन्जिनियर डाक्टर मिथिलेशकुमार झा, सूर्यविनायक नगरपालिका शिक्षा शाखाका प्रमुख श्रीधर केसीलगायतले शिक्षाको विकास पहिलो आवश्यकता भएको बताए । कार्यक्रममा सूर्यविनायक नगरपालिका क्षेत्रभित्रका सामुदायिक तथा निजी स्कुलका एक सय जना भन्दा वढी प्रिन्सिपल शिक्षकहरुको उपस्थिति रहेको थियो ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope