संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ?


काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले दुई दुईपटक संघीय संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा संवैधानिक व्यवस्था उद्धृत गर्दैै उनले दुई दुईपटक सदनले पारित गरेर प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी संवैधानिक बाध्यता हुँदा पनि प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिमाथि कस्तो कारबाही हुन्छ भनेर प्रश्न गरे । साथै उनले कारबाही नै गर्नुपर्ने बताए । 

 

राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सुझावसहित फिर्ता पठाएकी थिइन् । यसपछि फेरि उक्त विधेयकमाथि छलफल गर्दै दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी होल्ड गरेर राखेकी थिइन् । उक्त कार्य कानुनविपरीत रहेको भन्दै सांसद सिंहले उनलाई कारबाही गर्नुपर्ने बताएका हुन् । 
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope