भीम रावल पुनः एमालेमा भए सक्रिय, अछाममा गरे कार्यकर्ता भेला


काठमाडौं, २ साउन । नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।

 

गृह जिल्ला अछाम पुगेका पुर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका छन । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।

 

चितवन महाधिवेसनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिबिधिवाट टाढा रहदैँ आएका छन । केन्द्रिय सदस्यसमेत अस्विकार गरेका रावलले पार्टीको पद तथा गोपनियताको सपथसमेत लिएका थिएन । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि बार्ता टोली गठनसमेत गरिएको थियो ।

 

तर, लामो समय देखी पार्टी गतिबिधिमा असंलग्न रहदै आएका रावल आज भने गृह जिल्ला अछाममा पार्टीको ब्यानर र झन्डा मुनी बसेर छलफल गरिरहेका छन् । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope