इटालीमा भयानक बस दुर्घटना, आगालागीमा परी २१ को मृत्यु


भेनिस, १७ असोज । इटालीको भेनिस सहर नजिकैको फ्लाई ओभरमा बस दुर्घटना पछि आगलागी हुँदा दुई बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

 

प्रहरी अधिकारीहरूका अनुसार भेनिससँग जोडिएको मेस्त्रे जिल्लाको रेलवे ट्र्याक नजिकै एउटा पर्खाल तोडेर बस खसेको थियो।

 

मृत्यु हुनेमा पाँच युक्रेनी, एक जर्मन र इटालियन चालक रहेको सहरका प्रमुख मिशेल डि बारीले जानकारी दिएका छन  ।

 

उता, भेनिसका मेयर लुइगी ब्रुगनारोले ‘ठूलो त्रासदी’ भएको टिप्पणी गरेका छन । ‘एक सर्वनाश दृश्य, त्यहाँ कुनै शब्दहरू छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

 

भेनिस र नजिकैको मार्गेरा जिल्लाको क्याम्प साइटको बीचमा पर्यटक लैजानका लागि बस भाडामा लिइएको बुझिएको छ ।

 

यो घटना लगभग स्थानिय समय अनुसार साँझ ७ः४५ बजे मा भएको थियो, जब बसले पर्यटकहरूलाई क्याम्प साइटबाट फिर्ता ल्याईरहेको थियो ।

 

केही स्थानिय समाचार अनुसार बस मिथेन ग्यासबाट संचालित थियो र बिजुलीको लाइनमा खसे पछि आगो लाग्न सुरु भयो । 

 

आन्तरिक मामिला मन्त्री माटेओ पियानटेडोसीले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope