दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह


नयाँदिल्ली, भारतले क्यानडालाई भारतबाट करिब ४० कूटनीतिक कर्मचारी फिर्ता लिन आग्रह गरेको छ ।

 

बिगत एक हप्ता देखी संकटमा तीव्र वृद्धि भएसँगै भारतले क्यानडासँग आग्रह गरेको जनाइर्एको छ । 

‘अक्टोबर १० पछि बस्नेहरूले आफ्नो कूटनीतिक उन्मुक्ति गुमाउने छन्,’ फाइनान्सियल टाइम्सले यसबारेमा लेखेको छ ।

गत महिना क्यानडाको भूमिमा सिख पृथकतावादी नेताको हत्यामा भारतको हात रहेको हुनसक्ने क्यानडाले ताएको थियो, जसलाई भारतले अस्वीकार गरेको छ।

 

भारतीय विदेश मन्त्रालयका एक अधिकारीले बीबीसीलाई यसबारे कुनै टिप्पणी गर्न नचाहेको बताए । 

 

क्यानाडाको ओटावामा भन्दा भारत नयाँ दिल्लीमा धेरै कूटनीतिज्ञहरू छन् । र, यो संकट सुरु भएदेखि भारतले क्यानाडालाई आफ्नो कूटनीतिक नियोगहरूमा समानताको लागि आग्रह गरिररहेको छ । तर, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मंगलबार पत्रकारहरुलाई भने कि उनी भारतसँगको द्वन्द्व बढाउन चाहँदैनन्। ‘हामी भारत सरकारसँग जिम्मेवार र रचनात्मक रूपमा संलग्न रहनेछौं,’ उनले भने।

 

सेप्टेम्बरमा ट्रुडोले हरदीप सिंह निज्जरको जुन १८ भएको हत्यामा भारतको हात रहेको हुनसक्ने बताएपछि ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध भएका दुई देशबीचको तनाव बढेको थियो।

 

ब्रिटिस कोलम्बियाको एक सिख मन्दिर बाहिर दुई मुखौटाधारी बन्दुकधारीले उनको गाडीमा गोली हानेर हत्या गरेका उनी ती पृथकताबादी क्यानेडियन नागरिक थिए, जसलाइ भारतले सन् २०२० मा आतंकवादी घोषणा गरेको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope