तामाङ र नेवारी (नेपाल भाषा) अब बाग्मती प्रदेशको सरकारी कामकाजीको भाषा

मकवानपुर, २४ असोज । बाग्मती प्रदेशमा नेवारी (नेपाल भाषा) तथा तामाङ भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकले नेपालीसहित नेवारी (नेपाल भाषा) र तामाङ भाषाले सरकारी कामकाजीको भाषाा मान्यता पाउने गरी बिधेयक पारित गरेका हुन ।
यो प्रदेशमा तामाङ र नेवार समुदायको बाक्लो बसोबास रहेको छ, जसअनुसार बागमती प्रदेश सरकारले सो दुइ भाषालाइ सरकारी कामकाज बनााउनका लागि ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ प्रस्तुत गरेको थियो, जसलाइ हिजो पारित गरे सँगै अब बागमती प्रदेशको सरकारी कामकाजको लागि नेपालीसहित नेपाल भाषा र तामाङ भाषाले पनि मान्यता पाएका हुन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस