लाहुरेको रेलिमाईका लेखक हितानसँग साक्षात्कार


२२ मंसिर २०८०-

दमौलीमा लाहुरेको रेलिमाईका लेखक विजय हितानसँग स्रष्टा साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । गन्डकी प्रदेश आर्थिक मामिला मन्त्री जित प्रकाश आलेको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा आलेले लाहुरे प्रथाको २०० बर्ष भन्दा लामो इतिहासको युगलाई लाहुरेको रेलिमाईले जीवन्त राख्ने बिचार व्यक्त गर्नुभयो । मन्त्री आलेले अगाडि भन्नुभयो ” लामो समयको अध्यायन , अनुसन्धान र भ्रमण पश्चात लेखिएको यस उपन्यासको नेपाली साहित्यमा एक महत्वपुर्ण योगदान रहनेछ । ”

लाहुरेको रेलिमाई आदि व्यग्यकार तथा फस्ट गोर्खा राइफलका सैनिक मास्टर मित्रसेनको जीवनमा आधारित युद्ध उपन्यास हो । आफ्नो मन्तव्यको क्रममा उपन्यासकार हितानले, ‘भारतीय तथा बृटिश गोर्खा भुपु सैनिक, नेपाली सेना र प्रहरीका उच्च स्तरका पदाधिकारी, स्कुल/कलेजका विध्यार्थी साथै विभिन्न संघसंस्थाका पदाधिकारीमाझ लाहुरेको रेलीमाईलाई प्रस्तुत गर्न पाउदा आफूलाई खुशी लागेको बिचार व्यक्त गर्नुभयो ।

लेखकले प्रथम विश्व युद्व, दोस्रो विश्ययुद्वको ईतिहासलाई नजिकबाट करिब ६ बर्ष अध्यायन गरेर मास्टर मित्रसेन बारे स्थलगत अध्यायन गरेर उपन्यास लेखेको र यो उपन्यास तथ्यमा आधारित रहेको यथार्थपरक उपन्यास रहेको बताए उनले कार्यक्रमका प्रमुख संयोजक सुमन थापा मगर र कार्यक्रमका आयोजक मगर लेखक संघ तनहुका अध्यक्ष केहरसिंह आले र समग्र टिमप्रति कृतज्ञता प्रकट गरेका थिए ।

टिप्पणीकार इश्वर बास्तोलाले लाहुरेको रेलिमाई माथि टिप्पणी गर्ने क्रममा लाहुरे, पल्टनघर, र युद्ध को त्रिकोणात्मक सम्बन्धलाई उजागर गर्दै युद्ध संवेदना बोकेको यो कृति नेपाली साहित्यमा नौलो बिषयबस्तु रहेको बताउनु भयो ।

त्यस्तै गोर्खा राइफलका निवृत क्याप्टेन सुर्य मल्लले आफ्नो धारणा राख्ने क्रममा लाहुरेको रेलिमाईमा प्रस्तुत गरिएको भाग्सु धर्मशाला परिवेश आफुले २५ बर्ष विताएको र उपन्यास पढदै गर्दा शब्द शब्दले आफुलाई डोऱ्याएर उतै पुऱ्याएको र उपन्यासमा प्रयोग भएका सेक्सन बेटल ड्रिल, रिभर क्रसिङ, एम्बुस, सर्भाइबल टेक्टिस, ट्रेन्च वारफेर, मेडल, भिसी, नम्बरी, युद्धबन्दी इत्यादि जस्ता पल्टनिया शब्दहरुले आफुलाई फेरि ती दिनहरुमा पुऱ्याएको बिचार व्यक्त गर्नुभयो ।

कार्यक्रम सञ्चालन मगर लेखक संघ तनहॅुका सचिव विजय थापाले गरेका थिए भने कलेजका विध्यार्थी, नेपल प्रहरी र सेनाका अधिकृत, भारतिय गोर्खा सेनाका भूपु सैनिक, र विभन्न संघ संस्थाका पदाधिकारीको बाक्लो उपस्थिति थियो । कार्यक्रम मगर सघ तनहुँको भवनमा सम्पन्न भएको थियो ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope