गुर्भाकोट नगरपालिकाको चौधौं नगर सभा सम्पन्न, नगर प्रहरी विधेयक पारित


तिलक ढकाल, न्युज कारखाना

सुर्खेत, २६ माघ । गुर्भाकोट नगरपालिकाको चौधौं नगर सभा सम्पन्न भएको छ। सिटीहलमा शुक्रवार बसेको सभाको दोश्रो बैठक नगर प्रहरी विधेयक पारित गर्दै सम्पन्न भएको हो।

नगर प्रहरी विधेयक पास भएसँगै गुर्भाकोट नगरपालिकालाई नगर प्रहरी भर्ती गर्ने बाटो खुलेको छ।

सभाले कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण र बजेट तथा कार्यक्रम संशोधन समेत पारित गरेको छ।

सभाको सुरुमा गुर्भाकोट नगरपालिकाको अर्थ तथा लेखा समिति सभापति थमन खत्रीले अर्थ तथा लेखा समितिको बेरुजु सम्परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाको दोश्रो बैठकको खुल्ला छलफलमा सभाका सदस्यहरु रुद्रलाल खत्री, डम्मर घर्ती र दिपेन्द्र कुमार शाहीले आ आफ्नो धारणा राखेका थिए।

सभा सदस्यहरुले उठाएका सवालहरुको जवाफ सामाजिक विकास समिति संयोजक बासुदेव शर्मा, सभाका सचिव पूर्णबहादुर खत्री र नगर प्रमुख समेत रहेका सभाध्यक्ष हस्त पुनले दिएका थिए।

सभामा विधायन समितिका संयोजक राजन विसीले गुर्भाकोट नगर प्रहरी विधेयक, सार्वजनिक सेवा तथा सुशासन समितिका संयोजक रामबहादुर डाँगीले कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन र नगर उपप्रमुख मैना विकले गुर्भाकोट नगरपालिकाको चालू आर्थिक वर्षको बजेट संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। उनीहरुले निर्णयार्थ प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको हो।

चौधौं नगर सभाको पहिलो बैठक माघ १९ गते बसेको थियो।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope