चितवनको राईनोकुञ्जमा डँढेलो तथा अग्नि नियन्त्रण प्रशिक्षण कार्यक्रम


भरतपुर,३० फागुन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३ राईनोकुञ्जमा वन डढेलो नियन्त्रण तथा अग्नि प्रशिक्षण कार्यक्रम गरिएकाे छ । 

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान चितवनको आयोजना र वडा नम्बर १३ को आर्थिक सहयोगमा तालिम प्रदान गरिएको हो । बेलशहर मध्यवर्ती सामुदायिक वनको परिसरमा प्रशिक्षण प्रदान गरिएको थियो । समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा सञ्जाल मृगकुन्ज रत्ननगरका अध्यक्ष वसन्त रानाले वन डढेलोका कारण डँढेलेबाट हुने विपत र यसको समाधान बाहेक प्रशिक्षण र फिल्ड अभ्यास गराएका थिए ।

 

 

चितवन राष्ट्रिय निकुञ्जका रेन्जर सुमन भट्टराईले वनमा आगजनी गर्ने लाई हुने कानुनी कारबाही हुने बताए । कार्यक्रममा महादेव रानाभाटको संयोजकत्वमा १७ जनाको अग्नि नियन्त्रण दस्ता गठन गरिएको छ। कार्यक्रममा भरतपुर १३ का वडा सदस्य चेत बहादुर तामाङले दस्तालाई अग्नि नियन्त्रण मा सशक्त लाग्न अनुरोध गरे ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगर वडा नम्बर तेह्र का वडाध्यक्ष प्रकाश दवाडीले वन सम्पदा संरक्षणले मानवहित गर्ने भएकोले सबै सचेत भएर लाग्न जरुरी रहेको बताए ।

लुकीछिपी वन, नदी र वन्यजन्तुलाई असर पार्ने कुनै गतिविधि नगर्न सबैलाई अनुरोध गरे । अध्यक्ष दवाडीले भने, 'आगोले मानिसले आधुनिक विकास गर्न सक्यो तर यसको दुरुपयोगले विनाश पनि हुन्छ । वनमा जाँदा चुरोट सल्काउने जथाभाबी फाल्ने कार्य गर्न भएन,वन मा घाँस को पालुवाको लोभले डँढेलो लगाउन हुँदैन,केही गरी आगो बस्तीमा पुगे धन जनको ठुलो क्षति पनि हुने हुँदा सबै ले गम्भीर हुनुपर्छ। वन सिमसार र वन्यजन्तुलाई संरक्षण गर्न सक्रिय पर्या पर्यटन को माध्यमबाट आय आर्जन गर्न सकिने हुँदा वन जोगाउन आवश्यक छ ।'

कार्यक्रममा उपलब्ध अग्नि नियन्त्रणका सबै सामाग्री प्रमुख अतिथि दवाडीले बेलशहर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष शोभाखर अधिकारीलाई हस्तान्तरण गरे । 

कार्यक्रमका संयोजक महादेव रानाभाटको सभापतित्वमा सम्पन्न गरिएको थियो। राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियान का संस्थापक अपिल घिमिरेले सहयोगी संस्था र सहभागी सबैलाई धन्यवाद व्यक्त गरे । याे वर्ष को वार्षिक क्यालेन्डर अनुसार को दोस्रो कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope