विश्वका धनि व्यक्तिको सूचीमा चौथो स्थानमा झरे मस्क


काठमाडौँ । विश्वका धनि व्यक्तिहरुको सूचीमा लामो समयदेखि शिर्ष स्थानमा रहेका एलन मस्क चौथो स्थानमा झरेका छन् । उनको कम्पनि टेस्लाको शेयर बजारमा लगातार मुल्य घटेपछि मस्क चौथो स्थानमा झरेका हुन् ।

ब्लूम्बर्गको बिलिनियार्स इन्डेक्सका अनुसार अहिले विश्वको धनि व्यक्तिको सूचिमा बेर्नार्ड आर्नाल्ट रहेका छन् । उनको कुल सम्पत्ति २२३ बिलियन डलर रहेको छ । त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस रहेका छन् ।उनको कुल सम्पत्ति २०७ बिलियन डलर रहेको छ ।

त्यसैगरी यस सूचीमा फेसबुकका सहसंस्थापक मार्क जुकरबर्ग तेस्रो स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति १८७ बिलियन डलर रहेको छ । उनले २०२० पछि मस्कलाई जितेका छन् ।

यस सूचीमा चौथो स्थानमा झरेका मस्कको सम्पत्ति १८१ बिलियन डलर रहेको छ । मस्कको एक बर्षमा ४८.४ बिलियन डलर सम्पत्ति घटेको छ ।

त्यस्तै यस सूचीमा पाँचौं स्थानमा १५३ बिलियन डलर सम्पत्तिसहित बिल गेट्स रहेका छन् ।

त्यस्तै भारतका मुकेश अम्बानी ११२ बिलियन डलर सम्पत्तिसहित यस सूचीमा ११औं स्थानमा रहेका छन् भने भारतकै गौतम अडानी १०४ बिलियन डलर सम्पत्तिसहित १४औं स्थानमा रहेका छन् ।
   


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope