सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौं, ४ बैशाख । सुनको भाउले १७ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत ३० गते सुनको मुल्यमा नयाँ रेकर्ड कामय भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, सोमबार सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस