फिल्म ‘एक्टर’को शुभ मुहूर्त


काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो । 

फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ ।  यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कमब्याक गर्न लागेका छन् ।

राजन भुसालले फिल्मको निर्देशन गर्दै छन् भने फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope