सशस्त्र प्रहरी १२ नम्बर गण उतर झिटकैया बाराको १७ औं वार्षिकोत्सव सम्पन्न


सुरुचि भण्डारी, बारा

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वाटर , उतर झिटकैया बाराको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ। सोमबार एक समारोहमा वार्षिकोत्सव सम्पन्न भएको हो।सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका निमित कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव प्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता गणपति सन्तोष बहादुर सिंहले गरेका थिए ।

१७ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका निमित कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव प्रसाद पौडेलले अहिले शान्ति सुरक्षा संगै सिमा क्षेत्रमा हुने अपराधीक गतिविधि तथा राजस्व नियन्त्रण गर्नमा राज्यले दिएको जिम्मेवारी पुरा गर्न दिनरात लागिपरेको बताएका छन् । उनले भने सिमा सुरक्षा बल प्रहरीले मात्र एक्लैले केही गर्न नसक्ने भएकोले यहाँका जनता संग समन्वय र सहकार्य गरेर आफुहरु अगाडि बढनु पर्ने धारणा राख्नु भएको थियो ।

त्यस्तै उनले केहि दिन पहिला खुल्ला सिमा क्षेत्र संग जोडिएका मधेश प्रदेशका १४० जना वडाध्यक्षहरु संग छलफल गरेर राय सुझाव संकलन समेत गरिएको बताए ।

१७ औं स्थापना दिवसमा बोल्दै १२ न गणका गणपति सन्तोष बहादुर सिंहले परिर्वतित सन्र्दभमा चुनौतिहरु पनि थपिदै जाने भन्दै उनले जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा रहेर उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार वितरण र सांस्कृतिक प्रस्तुति देखाइएको थियो। उक्त कार्यक्रममा निमित प्रमुख जिल्ला अधिकारि छबिरमण भट्टराई, जिल्ला समन्वय समिती बाराका प्रमुख नरेन्द्र कुमार साह,फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी,नेपाल प्रहरीका प्रहरी उपरीक्षक महेन्द्र खडका लगाएत सुरक्षा निकायका प्रमुख संचारकर्मी एवम गणमान्य व्यक्तिहरुको सहभागिता रहेको थियो।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope