सम्झी ल्याउदा डाको छोडि रुन मन लाग्छ । धन्य ओली तिमी छौ र हास्न मन लाग्छ ।।

ओलीले जित्नु थियो, जिते ।
नाका बन्दीमा नाटक गर्नु थियो, गरे ।
त्यहि भएर त जिते ।
हेर्नु त,
प्रधानमन्त्री बन्नु थियो, बने ।
नेपाली जनता बिचरा भेडा
ओलीका उखानमा मख्ख
ओली हसाउने, जनता हास्ने
बिरामी भए नेता, देशकै ढुकुटी मास्ने ।
हावा बाट बिजुली हररर
रेलमा कुद्ने भैयो सरररर
घर-घरमा ग्यास फररर
यति सुने पछि के चाहियो ?
खुसीले खुट्टा भुँई न भाँडामा
ओली माथि-माथि डांडामा
नेपालि जनता सधै खाल्डामा
रमाइरहने भए घिउ र डाल्डामा ।
हेर्दा हेर्दै ओलीले
धुर्मुस-सुन्तलीको जागिर पनि खाए ।
ओलीले हसाउने,
धुर्मुश-सुन्तलीले देश बनाउने,
स्टेडियम बनाउन धुर्मुस सुन्तलीनै चाहिने।
खोइ कसरि जोड्लान दुइ देश रेलले ?
एउटा सडकको खाल्डो पुर्न बर्षौ लाग्ने ठाउमा,
खोई के चलाउलान हावा बाट बिजुली ओलीले?
म बस्छु ललितपुरमा तिन बर्ष भो
बल्ल बल्ल खानेपानीको धारो भो
पानि भन्दा बडी लेदो आउँछ अहिले
पिउने पानी आउने हो कहिले?
ढलको त कुरै नगरौ अहिले ।
यहि हिसाबले घरघरमा ग्यास पाइप
कहिले पुर्याउलान त ओलीले ?
ढल बनेर कुद्छ हनुमते खोलो
उनकै घर जाँदा पर्ने त्यो टोल हो ।
मेरो नाकका रौ सबै झरिसके
गन्ध भित्र पसी फोक्सोमा बसिसके
ओली भने कारमा कुद्छन सररर
अगि-पछि पुलिस राख्छन झण्डा फररर ।
सम्झी ल्याउदा डाको छोडि रुन मन लाग्छ ।
धन्य ओली तिमी छौ र हास्न मन लाग्छ ।।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस