उ आउँछ
तर कतिबेला आउँछ त्यो थाहा छैन
समय नखर्चिनु बलिया पाखुरा बनाउन
बरु तयारि भएर बस्नु बलियो मुटु लिएर
जुन कुनै पनि बेला धड्किन छोड्छ ।
नरुनु,
यदि तिम्रो मान्छेलाई उसले चुँडेर लग्यो भने,
बरु बुझ्नु
जन्म जीवनमा दुई चोटि आउँछ,
एउटा जन्मिदा आउँछ, अर्को मर्दा आउँछ।
जन्मिनु, मर्नु हो ।
अझ भन्ने हो भने,
जन्मनु भ्रम हो,मर्नु सत्य हो।
यो सत्य हो, सत्य सङ्ग जो पनि डराउँछ,
पिंडा हुन्छ, पोल्छ ।
यदि उ आएर
तिमीले मन पराएको मान्छेलाई लिएर गयो भने,
बाँकी काम तिमीले गर्नु ।
उ जति बेला पनि आउन सक्छ,
तिम्रो प्रस्वासमा आएर अल्झिन सक्छ
तिमी सुतेको बेला, सुरुप सुरुप चिया पिएको बेला
बिहान घाम उदाएको बेला, गुंधुली साँझमा
चरा चिरबिराएको बेला,
जुनी जुनी बाच्ने कसम खाएको बेला,
बादल मडारिएको बेला,
दिन खुलेको बेला,
घरमा गाई ब्याएको बेला
तिमी यात्रामा निक्लिदै गर्दा,
बोट बिरुवा सङ्ग बोल्न नबिर्सिनु,
घाम र जुन संग भलाकुसारी गर्नु,
बटुवा संग सुशेली हाल्दै एकछिन आराम गर्नु
पानि पर्यो भने एकछिन रुझ्नु,
हिउँ पर्यो भने, एकछिन खेल्नु
झुप्रो देखियो भने एकछिन पस्नु र बस्नु
सम्झनामा रहने काम गर्नु ।
उ जति बेला पनि आउन सक्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.