मैले हारेको कविता

मैले हारेको कविता गद्य थियो, पद्य थिएन ।
त्यसमा, देशको झण्डाको गीत थियो, झण्डा थिएन ।
माटोको स्वाद थियो, माटो थिएन ।
म फगत स्वयं कवि हुनुको पिडा थियो ।
त्यसमा बिम्ब थियो, बिचार थिएन ।
घाइते कविले गरेको व्यंग्य थियो,
मैले हारेको कविता !
सिउंडीको काँडा भन्दा तिखो
मुटुमा बिझ्दा बर्बराउने आँसु थियो अक्षरमा
दबिएको मेरो आवाज थियो
आखिर भित्र सम्म कोहि पुग्न सकेन
किनकि त्यसमा भाव थियो शब्द थिएन ।
चुपचाप सडकमा निक्ल्यो
मैले हारेको कविता रुदै ।
शब्दको पाण्डुलिपिमा पुल्लकित हुनेहरु माझ
कवि मौन रह्यो कविताको बिम्ब सुम्सुम्याउदै
छेतबिक्षेत हृदय लिएर कबि गुमनाम भयो कबिता संगै ।
रोहिरहेका अक्षरहरुलाई,
सकेनन सिंचित गर्न न्यायमण्डलीले ।
मैले फेरी सुम्सुम्याए अक्षरहरुलाई , चुम्बन गरे, र हौसला दिए ।
टुसाहरु जस्तै अंकुराउदै थियो मैले हारेको कविता फेरी !
Poet’s bio: Tulasi Acharya
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस