उनको यादमा

धेरै भएछ प्रेमका कविता नकोरेको
उनको यादमा
झरीमा उनका केशबाट तपतप झरेको पानी
जसरी पग्लिँदा मैनको थोपाथोपा झर्छ
जसरी झर्छ निधारबाट पसिना
जसरी झर्छ मोतिदानाझैँ शीतको थोपा उनको प्रेममा,
उनको यादमा उसरी नै झर्छ एक–एक सम्झना
र पोखिन्छ साँझमा जुन पोखिएजस्तै
वा भनौँ बिहानमा घाम पोखिएजस्तै आँगनमा ।
कस्तो तरंग हो मायाको तालमा उठ्छ
र त्यसैले खियाउँदै लान्छ मझधारमा
माझीविहीन हुन्छ यो मन–
कहाँकहाँ पुग्छ
घरि फूलहरूको पराग बटुल्छ
र आफैंभित्र मह बनाउँछ
घरि सागरमा डुबुल्की मार्छ
घरि माछापुच्छ्रेमा यादको भारी बोकेर चढ्छ
घरि सूर्यको प्रकाशझैं बेगले कुद्छ
घरि लहराझैं चढ्दै जान्छ माथिमाथि ।
धेरै भएछ प्रेमका कविता नकोरेको उनको यादमा ।
Read more at: https://samachardainik.com/news-details/34065/2019-11-23?fbclid=IwAR1YsCLM3wNCeKC-AUOxSk4fG87U_n6-UrTcQHdPXsx_DJXM4DR53oRlNmA
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस