अप्रिल फूल मनाउन प्रतिबन्द, हामी के गर्ने?

हामी घरमै बसिरहँदा र कोरोना भाईरस माहामारीको समाचार सुनिरहँदा वाक्क भैसक्यौ सायद । तर अब हाँसौ, अप्रिल फूलको मज्जा लिउँ। मनका कुरा खोलौ, आँफु पनि हाँसौ, अरुलाई पनि हँसाउ । आखिर यसै लकडाउन, उसै लकडाउन । खोलिदिउँ मनभित्रको लक् र जीउँ दिल खोलेर ।
धेरै देशहरुले कोरोना माहामारीको कारण अप्रिल फूल मनाउन प्रतिबन्ध नै लगाईइसकेका छन्, जस्तो भारत, थाईल्याण्ड | केहि देशहरुले त जेलनै हाल्ने समेत निर्णय गरेका छन् यदि अप्रिल फूलको नाममा भ्रामक फैलाएर कसैलाई दुख दिएमा |गुगलले पनि अप्रिल फूल नमनाउने निर्णय गरिसकेको छ ।
तर यसरि मनाउ अप्रिल फूल जसले कसैको हानि नगरोस ।
१. टिकटक बनाउ: जसरि बनाएपनि हुन्छ र पोस्ट गरौ सामाजिक संजालमा र हँसाउ सामाजिक संजालका साथिभाईहरुलाई ।
२. प्र्याङ्क भिड्यो बनाउनुको सट्टा हेरौ: हामीले जहिल्यै प्र्यांक गर्यौ हरेक अप्रिल फूलमा तर यो चोटी ति भिड्योहरु हेरौ ।
३. आँफै जोकर बनौ: गलत र भ्रामक समाचारहरु पोस्ट नगरौ । कसैलाई जोकर नबनाउ, बरु आँफै जोकर बनेर अरुलाई अनलाईन खुशी दिउँ ।
अप्रिल फूल काहाँबाट आयो भन्ने भिड्योपनि हेरीहालौ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस