कोरोनाको कहरमा किङ्ग खानको मन र मानवता


कोरोना माहामारीसंगै बलिवड किङ्ग खान अर्थात साहारुख खान अरुको पिडालाई कसरि कम गर्न सकिन्छ, कसरि संक्रमितहरुलाई सहयोग गर्न सकिन्छ, कसरि कोरोना भाईरस बिरुद्द जुटेर लाग्न सकिन्छ भनेर अगि बढेका छन् ।
दुई हप्ता अघि आफ्नो भिड्यो ट्विटर मार्फत सार्बजनिक गरेर ‘कसैलाई दुखि नहुन र नआतिन भनेका थिए ।


बिजनेस टुडेमा दिएको अन्तर्वार्तामा उनले भनेका छन्, “अहिले हामि यस्तो घडिमा छौ कि हामी सबै मिलेर, एकअर्कामा दया देखाउने र बलियो हुने जसले गर्दा हामी कोरोना भाईरसको बिरुद्द लड्न सकौ”।
फिल्म फेयर पत्रिका लेख्छ किङ्ग खानले विभिन्न कोषमा आफ्नो सहभागिता देखाएर धेरैलाई राहात पनि दिसकेका छन् ।
उनले सामाजिक सञ्‍जाल ट्विटरमा रेड चिल्ली इन्टरटेनमेन्टमार्पत पोस्ट गर्दै भनेका छन्, ‘ मेरो टीम र मैले हाम्रो आफ्नै तरिकाले योगदान गर्ने उपायहरुबारे छलफल गरिरहेका छौँ। हामी विभिन्‍न चरणहरूमा आउनेछौं, यसले थोरै भए पनि मानिसको जीवनमा फरक आशा जाग्‍नेछ।’
दि हिन्दु लेख्छ किङ्ग खानले स्वास्थ्यकर्मीहरुलाई चाहिने सुरक्षा सामाग्री उपलब्ध गराउने, गरिबलाई खाना उपलब्ध गराउने साथै एसिड आक्रमणबाट बाँचेकाहरुलाई आवस्यक कुराहरु जुटाउने कुरा गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope