तपाईहरुसँग घरमा बिरालो छ ? यसो भन्छन बैज्ञानिकहरु कोरोना बारे

भेटेरेनरी वैज्ञानिकहरुका अनुसार बिरालोमा कोरोना भईरस संक्रमण फैलिन सक्छ । उनीहरुले घरपालुवा बिरालोलाई घर भित्रै राख्न भनेका छन् । उनीहरुले संक्रमणबाट जोगाउनका लागि आफ्ना पाल्तुलाई घरभित्रै क्वारेन्टाइनमा राख्न अपिल गरेका हुन् ।
बीबीसीमा लेखिएको एउटा समाचारमा केहि बैज्ञानिकहरुले भने चिन्ता नलिन भनेका छन् । उनीहरु भन्छन आफ्ना पाल्तु बिरालो वा कुकुरबाट संक्रमण फैलिन सक्ने जोखिम भने हुँदैन । किनकी अहिलेसम्म विश्वमा एउटा पनि त्यस्तो केस नभएको उनीहरु बताउँछन् । जसमा घरपालुवा बिरालो वा कुकुरबाट मानिसमा कोरोना भाइरसको संक्रमण भएको होस् ।
दि भर्ज पत्रिकाको एउटा लेखमा भने संक्रमित बिरालोबाट अर्को बिरालोमा भाइरसको संक्रमण फैलिन सक्ने उल्लेख गरिएको छ ।
यद्दपि, संक्रमण फैलिन नदिनका लागि पाल्तु बिरालो तथा कुकुरलाई घर भित्रै राख्ने र उनीहरुलाई छुँदा हात सफा गर्नु पर्ने वैज्ञानिकको सुझाव छ ।
केहि समय अघि न्युयोर्क सहरमा ३ वटा सिंह र ४ वटा बाघमा कोरना भाईरस देखिएको थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस