लकडाउनमा लामिछाने लिसानेभिचको किताब पढ्दै -लकडाउन डायरी


नेपालमा आधुनिक पर्यटन र हस्पिटालिटी उद्योगको जग बसाल्ने व्यक्ति (पायोनियर) रुसी नागरिक बरिस (बोरिस) लिसानेभिच हुन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्ला ।

बरिस लिसानेभिचको जन्म तत्कालिन रुसी साम्राज्यको ओडेस्सा राज्य (हाल युक्रेन) मा सन् १९०५ मा भएको थियो । सन् १९२४ मा उनि फ्रान्समा बसाई सरे । उनी कुशल ‘ब्याले डान्सर’ थिए । ब्याले डान्स प्रदर्शनीको सिलसिलामा बेलायत, दक्षिण अमेरिका, इन्डोचाइना लगायतका देश घुमेपछी उनी कलकत्ता आए । त्यति बेलाको कलकत्ता भारतमा युरोपेली शानसौकात देखाउने केन्द्रका रुपमा प्रख्यात थियो । कलकत्तामा उनले त्यति बेलाको निक्कै चर्चित ‘थ्री हन्ड्रेड क्लब’ स्थापना गरे । यो क्लबमा भारतभरिबाट राजा-महाराजा र कुलीन बर्गका मानिसहरु मनोरंजकालागि आउने गर्थे । नेपालका राजा त्रिभुवन पनि त्यस क्लबका नियमित आगन्तुक थिए (बिपी कोइरालाले पनि नेहरुसंगको कुराकानीको प्रसंगसहित ‘आत्म वृतान्त’मा यो कुरा उल्लेख गरेका छन्, पेज १६९) ।

राजा त्रिभुवनको निमन्त्रणामा उनी काठमाडौँ आए । काठमाडौँमा उनले अहिले निर्वाचन आयोग रहेको (बहादुर भवन) मा राजकुमार बसुन्धरा शाहसंग साझेदारीमा ‘रोयल होटेल’ खोले । यो होटेललाई नेपालको पहिलो आधुनिक होटेल मानिन्छ । रोयल होटेल बन्द भए पछी सन् १९६९ मा लाल दर्बारमा उनले ‘याक एण्ड यती होटेल’ स्थापना गरे । याक एण्ड यति होटेलको चिम्नी रेस्टुरेन्टले उनको सम्मानमा अहिले पनि प्रसिद्ध रुसी सुप ‘बोर्श’ र सलाद सर्भ गर्छ । सन् १९८५ मा बरिस लिसानेभिच काठमाडौँमा निधन भयो । उनका सन्तानहरु नेपाल मै बसोबास गर्छन ।



फ्रेन्च लेखक मिचेल पिस्सेलसंग बरिसको नजिकको मित्रता थियो । ‘टाइगर फर ब्रेकफास्ट’ पुस्तकमा बरिस लिसानेभिचको संघर्ष गाथाको सजीव चित्रण छ । त्यति बेलाको काठमाडौँ, नेपाल, भारतका राजा-महाराज र अभिजात्य बर्गको शौख-रहनसहन, बेलायतकि महारानी एलिजाबेथ द्वितीयको नेपाल भ्रमण, राजा महेन्द्रको राज्यारोहण, लन्डनदेखि काठमाडौँ सम्मको जीप यात्रा, पर्वतारोहीहरुको नेपाल आगमन आदि अनेक रोमान्चक प्रसंग छन् ।

रुसमा बरिस लिसानेभिचलाई निक्कै सम्मानका साथ सम्झिने गरिन्छ । उनको जीवनगाथा समेटेर केहि डक्युमेन्ट्री फिल्म पनि बनेका छन् । यु ट्युबमा उनको जीवनगाथा हेर्न यी लिंक खोल्नु होला !

लेखक: जिबा लामिछने- लामिछाने एन. आर. एन. ए. का पुर्ब केन्द्रिय अध्यक्ष हुन।
(यो उनको फेसबुकबाट साभार गरिएको हो)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope