संसारकै लामो झोलुङ्गे पुल नेपालमै

१६ बैशाख २०७७, मंगलवार ०६:१०

पोखरा १६ बैशाख ।

सुन्दा अचम्म लाग्न सक्छ तर नेपाल अब संसारकै लामो झोलुङ्गे पुल भएको देश भनेर परिचित हुदैछ ।

गण्डकी प्रदेशको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न भएको छ । ५ सय ६७ मिटर लामो र सिंगल स्पान प्रबिधिमा बनेको यो संसारकै लामो झोलुङ्गे पुल हो । सिंगल स्पान प्रबिधिको यो भन्दा पहिले स्विजरल्याण्डमा ४९४ मिटर लामो झोलुङ्गे पुल बनेको छ ।

A suspension bridge in Switzerland

अहिले पुलमा बिजुलीको लागि आवश्यक ‘वायरिङ्ग’ को काम चलिरहेकोे छ । पुलको लम्बाई मात्रै नभएर पुल वारि पारि बिजुली बत्ति जडान गरेपछि यो पुल झनै आकर्षणको केन्द्रबिन्दु बन्ने स्थानिय बताउछन ।

फोटो साभार: चन्द्र गणेश, फेसबुक ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.