मेरो दिमाख दुखेको बेला (कबिता )


मेरो दिमाख दुखेको बेला
भो मलाई सुन्नु छैन तिम्रो प्रस्ताब
पढ्नु छैन तिम्रो कथा !
यि सबै म त्यतिबेला गर्न सक्छु
जतिबेला शान्त रहन्छ मेरो मस्तिष्क !
अशान्त दिमाखमा
तिम्रा राम्रा प्रस्ताबहरुले पनि मलाई बिथोल्न सक्छन ।
तिम्रा राम्रा कथाहरुले पनि मलाई चिथोर्न सक्छन ।
तिम्रा अभिलाषाहरु म भत्काउन सक्छ !
भो नआउ मेरो छेउ,
नसुनाउ तिम्रा निजी जीवनका कुराहरु
मलाई तिम्रो आत्मीय ठानेर !
मेरो दिमाख दुखेको बेला,
म तिम्रो आत्मिय नहुन सक्छु
म तिम्रो अप्रिय हुन् सक्छु
म तिम्रो सत्रु हुन सक्छु !
मलाई तिमी गुमाउनु छैन
तिमी मलाई गुमाउ भन्ने मेरो चाहाना छैन ।
त्यसैले,
मेरो दिमाख दुखेको बेला,
भो मलाई सुन्नु छैन तिम्रो प्रस्ताब
पढ्नु छैन तिम्रो कथा !
सुनाईदेउ यहि कुरा तिम्रा साथिहरुलाई पनि !

लेखक परिचय: तुलसी आचार्य अंग्रेजी उपन्यास ‘रनिङ्ग फ्रम दि ड्रिम्ल्याण्ड’ र ‘जेण्डर एण्ड डिसेबिलिटि पोलिसी’ पुस्तकका लेखक हुन् । उनि विभिन्न बिषयमा कलम चलाउन मन पराउँछन । फुर्सदमा उनि कबिता पनि लेख्छन ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस