दिबेस पोखरेल अमेरिकन आईडलको उत्कृष्ट १० औ स्थानमा, यसरि भोट माग्दै

२२ बैशाख २०७७, सोमबार ०१:४६

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’ को १८ औं संस्करणमा सहभागी भई उत्कृष्ट १० मा पुग्न सफल भएका छन् । उनि उक्त सो मा ‘आर्थर गन’ को नामबाट प्रतिष्पर्धा गरिरहेछन ।

काठमाडौंमा जन्मेका उनि अहिले २१ बर्षका छन्पो । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम र ट्वीटरबाट आफू उत्कृष्ट १० मा पुगेको जानकारी दिनु का साथै उनलाई जिताउन सहयोग गर्ने सबै नेपालि लाई धन्यबाद दिएका छन् र अझै सहयोग गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘हामी शीर्ष १० मा पुग्यौ । सुरूदेखि नै मलाई समर्थन गरिदिनु भएकोमा सबैलाई धन्यवाद दिन चाहान्छु ।’

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.