युभेन्टसलाई हराउँदै नेपोली कोपा इटालियाको विजेता


एजेन्सी– नेपोलीले छैटौं पटक कोपा इटालियाको उपाधि जितेको छ। ओलम्पिको रंगशालामा सम्पन्न फाइनल खेलमा १३ पटकको विजेता युभेन्टसलाई हराउँदै नेपोलीले उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटबाट खेलको नतिजा निकालिएको थियो। तर फरवार्ड पाउलो ड्याबला र डेनियालो डि सिल्वा पेनाल्टीमा चुकेपछि नेपोलीले जित हातमा लियो।

नतिजाका लागि निर्धारित ४ पेनाल्टीमा नेपोलीका इन्सिग्न, पोलिटियानो, मास्किमोविक र मिल्कले गोल गरे। युभेन्टसका तर्फबाट बोउन्सी र रामसेले मात्र गोल गर्न सके।

युभेन्टसले २ पेनाल्टी गुमाएपछि नेपोली खेल ४–२ को गोलअन्तरले विजयी भयो। फाइनल खेल १३ मे २०२० मा गर्ने भनिए तापनि कोरोना महामारीका कारण खेल स्थगित गरिएको थियो।

महामारीको संक्रमण दर कम हुँदै गएपछि खेल गएराति आयोजना गरिएको हो। तर जोखिम कायमै रहेकाले खेलमा अतिरिक्त समय नथप्न फिफाले सबै फुटबल आयोजक संस्थासँग आग्रह गरेको थियो। सोही अग्रह बामोजिम कोपा इटालियामा अतिरिक्त समय नथपिएको हो। सिधै पेनाल्टीबाट नतिजा दिलाइएको हो।

दर्शकको उपस्थिती बन्द गरिएको रंगशामा, प्यारापिटभरि भर्चुअल समर्थक राखिएको थियो। किक अफको विस्सेल बजेसँगै भर्चुअल समर्थक नाच्दै खेलाडीलाई प्रेरणा प्रदान गरेका थिए।

साभार: नेपाल समय


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope