हेर्ने हो चलचित्र ‘छक्का पन्जा ४’? ३ करोडमा निर्माण हुँदै


चलचित्र ‘छक्का पन्जा ४’ निर्माणका लागि ३ करोड भन्दा बढी बजेट लाग्ने निर्माता तथा लेखक दिपकराज गिरीले जानकारी दिएका छन् । निर्माता गिरीका अनुसार, यो चलचित्र छायांकनका लागि १ बर्ष लाग्नेछ । चलचित्रलाई विभिन्न समयमा छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने भएको हो ।

फरक फरक परिवेशमा चलचित्र छायांकन गर्नुपर्ने भएकाले पनि १ बर्ष लाग्ने दिपकले बताए । दीपाश्री निरौलाले नै निर्देशन गर्ने यो चलचित्र यो बर्ष निर्माण नहुने भएको छ ।

यो अघि दिपकराज र उनको टिमले बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने तयारी गरेको छ । यसपछि मात्र चलचित्र ‘छक्का पन्जा ४’को छायांकन सुरु हुनेछ ।

निर्माता गिरी केही समयदेखि ‘छक्का पन्जा ४’को लेखनमा नै व्यस्त छन् । ओभरसिज बजार समेत अस्तव्यस्त भएपछि दिपकले तत्काल महंगो लगानीमा निर्माण हुने ‘छक्का पन्जा ४’लाई नबनाउने निर्णय गरेका हुन् ।

साभार: अनलाईन खबर


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope