हामीले भुलेका आठ वटा पुराना आनीबानी


भनिन्छ मान्छेले हिजो कहिल्यै भुल्नु हुँदैन । हिजोको धरातलमा उभिएर नै मान्छे आज बाँचिरहेको छ । आधुनिक समाज र पश्चिमी शैलीको जीवनशैली अपनाउँदा धेरै मानिसले हिजोलाई बिर्सिसकेको पाइन्छ । हिजो हाम्रा अग्रजले अपनाएको जीवनशैलीका अधिकाँश कुराहरु आजको समाजले औषधीको रुपमा वा कुनै समस्याको समाधानको रुपमा अपनाउने गरेका छन् ।

गाउँघरका जीवनशैली, उकाली ओराली , मेहनती बानीले हिजोका हाम्रा पुर्खाहरु धेरै स्वस्थ र लामो आयु बाँचेका थिए । आधुनिक जीवनशैली र रबैयाले हामीलाई अल्छी बनाएको छ । पुर्खाका खानेकुरा, खानेशैली ,पकाउने तरिका, काम गर्ने मेहनती बानी आदिलाई नियाल्ने हो भने, ओ हो हाम्रा पुर्खाले कति जानेका भन्ने लाग्छ ।

केही पुराना आनीबानीलाई एकछिन सम्झिउँ है त ।

१.आमाहरुले लगाउने १२ हाते पटुका,
पहिलेका आमाहरुले बाह्र हाते पटुकी टमक्क कम्मरमा कसिरहन्थे । जसले गर्दा उनीहरुमा ढाड, कम्मर दुख्ने समस्या हुन्थिएन । त्यस्तै टाउको हलुका मजेद्रोले सधै बेर्ने गर्दथे । जसले गर्दा टाउको दुख्ने समस्याबाट राहात मिल्थ्यो भने टाउकोको पनि शुरक्षा हुन्थ्यो ।

२.पलेटी मारेर खाना खाने, खाने बित्तिकै नसुत्ने
पहिले पहिले खाना खाँदा जहिल्यै भुँइमा पिर्का वा गुन्द्री ओछ्याएर पलेटी मारेर खाने चलन थियो । जसले गर्दा झुकेर खान खाँदा पेटमा राम्रोसँग पाचन हुन्थ्यो, जसले गर्दा पेट सम्बन्धी समस्याहरु खासै आउदैनथ्यो । त्यस्तै अझैपनि बुढापाकाले ‘खानेबित्तिकै सुत्न हुँदैन, अलक्षिना भइन्छ’ भन्ने गर्नुहुन्छ । तर त्यसको वैज्ञानिक कारण त खाना खाने बित्तिकै सुत्दा पेट ढुस्सिने तथा ग्यास्ट्रिकको समस्या हुनसक्छ भनेर त्यस्तो मान्यता राखिएको हुनसक्छ । त्यतिमात्रै हैन खानेबित्तिकै नसुत्ने हो भने मोटोपनबाट पनि छुट्कारा पाइन्छ ।

३.बसेर भुँई पोत्ने, जाँतो घुमाउने
सुविधाभोगी हामी अहिले घर पुछ्न उभिएर पोछा लगाउँछौ । तर पहिले खाना खाएपछि वा बिहानको समयमा महिलावर्गले घर बसेर लिपपोत गर्दथे जसले गर्दा शरिरका धेरै अँगको एक्सरसाइज हुन्थ्यो अझ महिला वर्गलाई पाठेघर सम्बन्धी समस्या कम हुने पनि गरेको थियो भनिन्छ । अहिले विभिन्न योगा सेन्टरमा हेर्ने हो भने बसेर भुँई पुछेजसरी योगा गरे पेट घट्ने भन्दै त्यहि अनुरुप गर्न सुझाव दिइन्छ । अहिले महिलाहरुले हरेक दिन जाँतो घुमाएजसरी हात घुमाउने हो भने आँङ खस्ने समस्या हुँदैन र पाठेघर पनि स्वस्थ हुन्छ भनेर योागमा जाँतो घुमाउने अभ्यास समावेश गरिएको छ ।

४. टुक्रुक्क बसेर दिशापिसाब गर्ने
पहिलेका मानिसहरु बनजंगलमै जाने बानि परेपनि मानिसहरु टुक्रुक्क बसेर नै दिशापिसाब गर्ने गरेको पाइन्छ । पछि खुल्ला दिशापिसाब मुक्त भएका ठाउँहरुमा पनि प्यानवाला चर्पीमा टुक्रुक्क बसेर दिशापिसाब गर्दछन् । तर हिजोआज अधिकाँश घरमा कम्बोट शौचालय बनाइन्छ । सजिलोको हिसाबले कम्बोर्ट राखेपनि , कम्बोर्टमा भन्दा प्यानवाला शौचालयमा खुट्टा फट्याएर टुक्रुक्क बसेर दिशापिसाब गर्दा दिशा राम्रोसँग खलास हुने, कब्जियत नहुने र पायल्स हुने समस्या पनि न्युन हुने गरेको बताइन्छ ।

५. धेरै ठाउँ हिँडेरै पुग्ने
हिजोआज मानिसहरु पाँच , दश मिनेटको बाटो पनि हिड्न अल्छी मान्छन् । तर पहिलेका मानिसहरु घण्टौ उकालो ओरालो गर्ने ,बढी काम गर्ने ,भारी बोक्ने लगायतका काम खटिएर गर्थे, जसले गर्दा अधिक शारिरिक परिश्रम हुने गर्दथ्यो, शरिरबाट पसिना निस्कन्थ्यो त्यसैले पनि धेरै निरोगी हुन्थे । तर आजकल त्यही शरिरबाट पसिना निकाल्न हजारौँ तिरेर जिमहल जाने गरेका छन् मानिसहरु । बढी काम र खटाईको कारण थकान हुन्थयो अनि भोक र निन्द्रा राम्रोसँग लाग्थ्यो ।

६.हरेक दिन आगोको ताप र तेलको मालिस
हरेक दिन दाउराको आगोको ताप र तेलको मालिसलाई अपरिहार्यता जसरी नै प्रयोग गर्थे पहिले तर अहिले शहरमा विभिन्न थरिका मसाज गर्ने भन्दै ओइल(तेल) मसाजहरु) गर्ने पार्लरहरु खोलिएका छन् ।

७.आर्गनिक खानेकुरा
ढिडो, महि,मकैको च्याख्ला, कोदो, फापर, आफै बारीमा फलेका अर्गानिक सागसब्जीहरु र दुध जन्य खानेकुरा खाने गर्दथे । तर हिजोआज मानिसहरुको व्यस्तपन यति बढेको छ कि खेतहरु, बारीहरु बाँझै रहेका छन् अनि बाहिरबाट महँगोमा रसायन मिसिएको तरकारी खाने गरेका छन् । जसले न स्वास्थ्य न नै पैसा रहने गरेको छ । अहिले ओइल मसाजको रुपमा विकसित

८. भान्सा सँस्कार
भान्सामा काम गर्दा एकसरो लगाउने, खाना खाँदा वरिपरि पानी छर्किने जसले गर्दा किटाणु आउँदैनन् भन्ने बैज्ञानिक कारण पनि पाइन्छ । त्यस्तै टन्न नखाने, एक गाँस अन्तिममा छोड्ने, घरपालुवा जनावरलाई त्यो अन्तिम गाँस दिने, खाना खाना खाँदा र ट्वाइलेट बस्दा नबोल्ने आदि बानिहरु भान्सा सँस्कार भित्र पर्दछन् । हावामा देखिने र नदेखिने कतिपय किटाणु मुखभित्र पस्न सक्छ भनेर नि त्यसो भनिएको हुनुपर्छ । तर हिजोआज खाना खाने बेलामा र ट्वाइलेट बस्दा पनि मानिसहरु घण्टौ मोवाइलमा बोल्ने गर्दछन् ।

यि त केही उदाहरण मात्रै हुन् । गहिरो रुपमा खोज्दै जाने हो भने परम्परागत यस्ता धेरै जीवनशैली र अपनाइएका आनीबानी आधुनिक जीवनशैली भन्दा धेरै स्वस्थकर रहेको ठम्याउन सकिन्छ ।

कृपा भण्डारी समयसमाचारकि प्रधान सम्पादक हुन्। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope