बागलुङमा पहिरोले घर पुरिँदा एक युवतिको मृत्यु

८ भाद्र २०७७, सोमबार २२:४८

बागलुङ,९ भदौ – गत रातिको अविरल बर्षाका कारण पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिकामा एक युवतीको ज्यान गएको छ । ढोरपाटन नगरपालिका २ अर्नाक स्थित कली परियारको १९ बर्षिय छोरी पुजा परियारको ज्यान गएको हो ।

घरमा सुतिरहेको अवस्थामा घर माथिदेखि खसेको पहिरोले घर पुरिँदा उनको ज्यान गएको वडा अध्यक्ष युवराज महतले जानकारी दिए । घरका अन्य सदस्य अर्का घरमा सुतेका कारण उनिहरुको ज्यान बचेको उनले बताए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.