भारतीय अभिनेत्री कंगनाको निवासमा महानगरले चलायो डोजर


एजेन्सी, भदाै २४ । केही समयदेखि सरकारको आलोचना गर्दै आएकी बलिउड अभिनेत्री कंगना  रनावतको निवासमा मुम्बई महानगरले डोजर चलाएको छ ।

रनावतले आफ्नो घरको केही भाग गैरकानुनी तरिकाले परिर्वतन गरेको आरोपमा महानगरले डोजर चलाएको हो।

कंगनाले  आफ्नो बंगलामा महानगरले डोजर लगाएको तस्बिर ट्वीटरमा पोष्ट गरेकी छन्। उनले एक पटक फेरि मुम्बईको तुलना पाकिस्ताननियन्त्रित काश्मीरसँग गरेकी छन्।

यसअघि पनि उनले यसै गरी तुलना गरेकी थिइन्। उनको उक्त तुलनाले महाराष्ट्र सरकारमै हलचल ल्याएको थियो।  

कंगना बुधबार हिमाचल प्रदेशबाट मुम्वई आएकी थिइन्। उनले मुम्बई  प्रहरी र महाराष्ट्र सरकारको आलोचना गर्दै आएकी थिइन्।

मुम्बइ प्रहरीमाथि उनले गरेको आलोचनासँगै शिव सेनाको पनि आलोचना गरेकी थिइन्। यसलगत्तै उनी भारतीय जनता पार्टी र शिवसेनाको निसानामा थिइन्।

उनलाई असुरक्षा महशुस भएपछि सरकारले वाई तहको सुरक्षा  दिएको थियो। 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope