युरोपा लिग अन्तर्गत छनोटः टोटनह्यामकाे कठिन जित


एजेन्सी, असाेज २ । यूईएफए युरोपा लिग अन्तर्गत छनोटको दोस्रो चरणको प्लेअफ खेलमा टोटनह्यामले बुल्गेरियाको लोकोमोटिभ प्लोभडिभलाई २-१ ले पराजित गरेको छ ।

खेलमा दबाब बनाएपनि टोटनह्याम ७१ औं मिनेटमा पछाडी पर्यो । घरेलु टोलीका लागि जिओर्जी मिन्चेभले गोल गर्दै मोउरिन्होको टोलीलाई स्तब्ध पार्ने संकेत दिए । कर्नरमा आएको बललाई डिमिटार इलिएभले फ्लिक गरेपछि मिन्चेभले हेडरमार्फत गोल गरेका थिए ।

त्यसको ८ मिनेटपछि नै टोटनह्याम खेलमा फर्कने अवसर पायो । डिनिस अल्मेडाले पोस्टतर्फ गएको बललाई हातले रोकेपछि रेफ्रीले रातो कार्ड दिए । लगत्तै रेफ्रीको निर्णयमा अपात्ति जनाएपछि बिर्सेन्ट कारागारेनले दोस्रो पहेंलो कार्ड पाए । पेनाल्टीमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दुई रातो कार्डका कारण ९ खेलाडीमा समेटिएको प्लोभडिभले त्यसपछि पूर्ण रक्षात्मक रणनीति अपनायो । तर ८५ औं मिनेटमा लुकास मोउराको पासमा वैकल्पिक खेलाडी टान्गी एनडोम्बेलेले गोल गर्दै खेलमा टोटनह्यामलाई अग्रता दिलाए । थप गोल हुन नसकेपछि टोटनह्याम अगाडी बढेको छ । टोटेनहमले अब तेस्रो चरणमा म्यासेडोनियाको स्केन्दिजासँग प्रतिस्पर्धा गर्नेछ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope