दोस्राे खेलमा पनि सन्दिप बेन्चमा, जारी खेलमा दिल्ली टस हारेर ब्याटिंग गर्दै


एजेन्सी, असाेज ९ । युएईमा जारि १३ औं आईपीएल अन्तर्गत शुक्रबार श्रेयस ऐयर कप्तानीको दिल्ली क्यापिटल्स र महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर चेन्नाईले दिल्लीलाई ब्याटिंगको निम्तो दिएको छ।लिग अन्तर्गत चेन्नाईले पहिलो खेलमा मुम्बईलाई ५ विकेटले पराजित गर्दा दोश्रो खेलमा राजस्थानसंग १६ रनले पराजित भएको थियो। दिल्लीले पहिलो खेलमा किंग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो।

लिग इतिहासमा दुई टिमले एकअर्कासंग हालसम्म २१ खेल खेलेका छन् जसमध्ये चेन्नाई १५ तथा दिल्ली ६ पटक विजयी भएको छ। अन्तिम पटक २०१९ मा चेन्नाईले दिल्लीलाई दोश्रो क्वालीफायरमा ६ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा उत्कृस्ट प्रदर्शन गरेका चेन्नाई ब्याट्सम्यान अम्बाती रायडु घाइते भएका कारण पुनः अन्तिम-११ मा छैनन्। यस्तै ड्वेन ब्राभो पनि घाइते हुँदा अर्को खेल पनि गुमाएका छन्। रुतुराज गायकवाड र जोश हेजलवुडलाई टिममा मौका दिईएको छ। लुंगी एनगीडीलाई बाहिर रखिएको छ।

सन्दिपले पाएनन् मौका

पहिलो खेलमा पन्जाब बिरुद्ध मौका नपाएका सन्दिपले दोश्रो खेलमा रभीचन्द्रन आश्विन घाइते हुँदा मौका पाउने आशा नेपाली फ्यानहरुले गरेका थिए। आश्विनको पहिको खेलमा पन्जाब बिरुद्ध घाइते भएका थिए।

तर भारतीय स्पिनरको सट्टा टिमले भेट्रान लेग स्पिनर अमित मिश्रालाई मौका दिएको छ। कप्तान ऐयरले आश्विन २-३ खेल अझै खेल्न मुस्किल हुने बताएका छन्।  टिमले ४ जना विदेशी खेलाडीको रुपमा शिमरन हेटमायर, मार्कस स्टोइनिस, कागीसो रबाडा र एनरिक नोर्कियालाईनै निरन्तरता दिएको छ। मोहित शर्माको स्थानमा आभेस खानलाई खेलाइएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope