अन्तिम समयको गोलबाट सिजनको पहिलो खेलमा इन्टर मिलानको संघर्षपूर्ण जित
एजेन्सी, असाेज ११ । इन्टर मिलानले अति संघर्षपूर्ण जितसहित इटालियन सिरी ए फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।
लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले फियोरेन्टिनालाई ४–३ ले पराजित गरेको हो । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रा हाफमा इन्टर मिलानले तीन तथा फियोरेन्टिनाले दुई गोल गरेका हुन् ।
तेस्रो मिनेटमा कोउएमीको गोलबाट फियोरेन्टिनाले सुरुवाति अग्रता लियो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्तिनेजले इन्टर मिलानका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफमा फियोरेन्टिनाका लागि कास्ट्रोभिलीले ५७ औँ तथा चिएसाले ६३ औँ मिनेटमा गोल गरे।
इन्टर मिलानका लागि रामेलु लुकाकुले ८७ औँ तथा डी’एमब्रोसिओले ८९ औँ मिनेटमा गोल गरे। त्यसअघि ५२ औँ मिनेटमा फियोरेन्टिनाका चेचेरिनीले आत्मघाती गोल गरेका थिए ।
लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा एट्लान्टाले तोरिनोलाई ४–२, लाजिओले काग्लिएरीलाई २–० तथा बेनेभेन्तोले साम्पडोरियालाई ३–२ ले पराजित गरेको छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस