सेल्फी लिँदा ‘ब्युटी’ फिल्टरको प्रयोगले मानसिक स्वास्थ्यमा असर


एजेन्सी, असाेज १७ । प्राय सबै स्मार्टफोनले वर्षौंदेखि अनुहारको डन्डिफोर, पोतो हटाएर सुन्दर देखाउन ‘ब्युटी’ फिल्टरको प्रयोग गर्दै आएका छन्।

तर, बोस्टोन मेडिकल सेन्टरले गरेको ‘अन्यु रियालिटी फर ब्युटी स्टान्डर्स’ नामक अध्ययनले यस्ता फिल्टरको प्रयोगले मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने देखाएको छ।

परिणामस्वरूप हालै सार्वजनिक गरेका स्मार्टफोनहरूमा गुगलले स्वत: आउने यस्ता फिल्टर हटाएको छ। र, अन्य ओरिजनल इक्‍विपमेन्ट म्यानुफ्याक्चरर (ओइम)लाई पनि समावेश नगर्न प्रेरित गरेको छ।

“सेल्फीमा हुने फिल्टरको प्रयोगले मानिसको सामान्य जीवनमा नकारात्मक प्रभाव पुर्‍याउँछ भने हामी बुझ्छौं,” गुगलले भनेको छ, “हामीले यसबारे विश्‍वभरका मानसिक रोग विशेषज्ञसँगको सल्लाह र विभिन्‍न अध्ययनको रिपोर्टलाई आधारमा मानेर स्वत: आउने फिल्टर हटाएका छौं।”

गुगगले ओइएम र क्यामरा डेभलोपर कम्पनीहरूलाई पनि ‘इन्ह्यान्समेन्ट’, ‘ब्युटिफिकेसन’ र ‘टच-अप’जस्ता शब्दावलीलाई हटाएर ‘फेस रिटचिङ’को प्रयोग गर्न सुझाव दिएको छ।

गुगलले आफ्नो यो सुझाव आफैले पनि लागु गर्न पिक्सेल स्मार्टफोनमा ‘फेस रिटचिङ’लाई अनिवार्य समावेश गर्नेछ। तर, फिल्टरको प्रयोग गर्ने विकल्प भने उपलब्ध हुने तर मोबाइलको सिस्टम युआईले यसले कस्तो असर पार्छ भन्‍ने स्पष्ट पार्ने गुगलले बताएको छ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope