यी तीन प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने
काठमाडाैं, असाेज २१ । प्रदेश १, २ र बागमतीको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ का एक/दुई स्थानमा सामान्य वर्षा भइरहेको छ।
आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। ती प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति भने प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
भोलि र पर्सी पनि प्रदेश १, २ र बागमती प्रदेशको मौसममा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस