३४३९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २५ हजार नाघ्यो


काठमाडौं, असाेज २१ ।  देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ४३९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ४३९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ०७ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार १२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ७२ दशमलव ९ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख  हजार १३ जनाको ४८७ पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन १० हजार ५९६ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १५९ जना क्‍वारेन्टिनमा रहेका छन् । 

देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३  पुगेको छ । 

शनिबार दुई हजार १२० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ४४ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।  

आइतबार देशभर दुई हजार २५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ३२९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी आइतबार कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको थियो । 

सोमबार देशभर दुई हजार ४४० कोरोना भाइरस संक्रमित थपिएका छन् भने एक हजार १३३ जना डिस्चार्ज भएका छन् । त्यसैगरी सोमबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

मंगलबार देशभर एक हजार ५५१ कोरोना संक्रमित थपिएका छन् भने दुई हजार ३४० जना डिस्चार्ज भएका छन् । मंगलबार देशभर कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope