डा.केसी पक्ष र सरकारबीचको वार्ता शुक्रबार पनि निष्कर्षविहीन
काठमाडाैं, असाेज २४ । सरकार र डा. केसी पक्षबीच बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएको छ।
शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएपनि अन्त्यमा निष्कर्षविहीन भएको डा केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले जानकारी दिए।
बिहीबार पनि सरकार र डा केसी पक्षबीच वार्ता भएको थियो। बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिएको थियो।
बिहीबार राती सकिएको वार्तामा शुक्रबार बिहानै वार्ता बस्ने भनिएपनि बेलुका ९ बजे मात्र वार्ताले निरन्तरता पाएको थियो।
२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस