यातायात व्यवसायीद्वारा आन्दोलनको घोषणा


काठमाडौं, असाेज २७ ।  यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत तत्काल सम्बोधन नगरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरुले सम्बोधन गर्नुपर्ने लगायतका माग अघि सारेको हो ।

मागहरु सम्बोधन नभए मंसिर १६ गतेबाट देशव्यापी रुपमा आम हड्तालसम्मको कार्यक्रम गर्ने चेतावनी महासंघको छ । महासंघले आगामी असोज तीस गतेदेखि लामो दुरीका सवारीको बुकिङ खुल्ला गर्ने भएको छ ।

महासंघले यातायात व्यवसायीले लिएको ऋणको ब्याज सहज परिस्थिति नहुँदासम्म पूर्ण रुपमा मिनाहा गर्नुपर्ने, सहुलियत ब्याजमा थप कर्जा उपलब्ध हुनुपर्ने, ऋण तिर्ने भाका अवधिलाई थप गरी पुनकर्जा सहितको पुर्नतालिका बनाइनुपर्ने लगायत माग राखेको छ ।

महासंघले आफ्ना मागहरु पूरा गर्न प्रधानमन्त्री तथा सातै प्रदेशका मुख्यमन्त्रीहरु र सम्बन्धित कार्यालयहरुलाई आग्रह समेत गरेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope