राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले यसपाली दसैंको टीका नलगाइदिने


काठमाडाैं, कात्तिक २ । यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् ।

पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् । कोरोना महामारीका कारण सर्वसाधारणलाई दसैंको टीका लगाउने कार्यक्रम स्थगित गरिएको निर्मल निवास सचिवालयले जनाएको छ ।

पूर्वराजा-रानीकहाँ टीका लगाउन सर्वसाधारणको भिड लाग्ने गर्दथ्यो ।यसैगरी, पूर्वराजा शाहले यसपालि महाअष्टमीमा शक्तिपीठहरूको दर्शन गर्न नजाने हुनुभएको छ ।

‘कोरोनाको असहजताको परिस्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशीलतालाई ख्याल गर्दै यसपालिको विजयादशमी शान्त, शालीनता र सादगीका रुपमा मनाउने निधो भएको छ’-निर्मल निवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै रष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले जनाएको छ ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले कोरोना भाइरसका कारण राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाउने बारे अन्योल रहेको बताए ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope